४ कार्तिक २०८३, बुधबार

दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चा (आखेटोपहार) सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकाष्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेको बा ९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।