
काठमाडौँ, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्। सोमबार बर्दियामा पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता पक्ष र प्रतिपक्ष दुवैले मंसिरमा निर्वाचन गराउने विषय उठाएको धारणा राखेका हुन्।
उनले भने,‘हामी कोहि पनि कन्फ्युजनमा नहोऔं । दुई चरणमा गर्नेकी एक चरणमा गर्ने भन्ने छलफल हुन बाँकी छ। तर मंसिरमा नै हुन्छ।’
प्रधानमन्त्रीलगायत गठबन्धनमा छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना रहेको उनको भनाई छ।















प्रतिक्रिया