
काठमाडौं, ३० जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ ।
स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो । केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो ।
स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षणलगायत विषयमा आज छलफल गरिने बताइएको छ ।















प्रतिक्रिया