४ कार्तिक २०८३, बुधबार

बजेटपछि प्रदेश १ को नाम राख्न एमाले-कांग्रेस सहमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ जेठ । प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउने नेकपा एमाले र कांग्रेसबीच सहमति भएको छ ।

आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाबीच भएको छलफलमा बजेटपछि प्रदेशको नाम राख्ने सहमति भएको हो ।

उनीहरुले जारी अधिवेशनबाटै नाम राख्न सहमत भएका हुन् ।

एमाले नेता कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लगाउने सहमति भएको बताए । आजै संसद बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले एमाले नाम टुङ्गो लगाउन सकारात्मक भएका कारण सहकार्य गर्न सत्तापक्षलाई आग्रह गरेका थिए ।