४ कार्तिक २०८३, बुधबार

अख्तियारको पत्रपछि मोहन्याल गाउँपालिकाका अध्यक्ष निलम्बित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २९ जेठ । निर्वाचन आयोगको पत्रपछि कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय अध्यक्ष स्वतः निलम्बनमा परेका छन् ।

आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाएपछि उनी स्वतः पदबाट निलम्बित भएका हुन् ।

यससँगै उनले जिल्ला समनवय समितिको निर्वाचनमा सहभागी हुन पाउने छैनन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ सो पत्रमा भनिएको छ ।

यस्तो छ आयोगको पत्रः