४ कार्तिक २०८३, बुधबार

अमेरिकामा विश्व चर्चित वैज्ञानिकहरू सामु डा. दीपेन्द्रले प्रस्तुत गरे शोधपत्र

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । नेपालका डा. दिपेन्द्र श्रेष्ठले माइक्रोबायोलोजीका विश्वविख्यात वैज्ञानिकहरुको उपस्थितिमा अमेरिकामा शोधपत्र प्रस्तुत गरेका छन् ।

भर्खरै चीनबाट माइक्रोबायोलोजीमा पीएचडी सकेका श्रेष्ठले आइतबार अमेरिकाको वाल्टर ई. वासिंगटन डीसी कन्भेन्सन सेन्टरमा अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीद्वारा एएसएम माइक्रोब २०२२ मा सोधपत्र प्रस्तुत गरेका हुन् ।

उनले मेटाजेनोमिक एनलाइसिस अफ ह्युमेन स्टुल स्याम्पल फ्रम डिफरन्ट एलटिच्युट्स अफ नेपाल शीर्षकको आफ्नो शोधपत्रको पोस्टर प्रेजेन्टेशन गरेका हुन् ।

शोधपत्रका नाममा नेपालका बारेमा बताउन पाउँदा शौभाग्यको अनुभूति भएको श्रेष्ठले बताएका छन् ।

डा. श्रेष्ठ नेकपा (एमाले)का विदेश मामिला विभागका सदस्य एवम् विशेष प्रदेश कमिटिका सदस्य हुन् । उनी लामो समय नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलका स्वकीय सचिवका रुपमा पनि काम गरेका थिए ।