४ कार्तिक २०८३, बुधबार

मर्न गएका माइला विक भन्छन्– तारमा झुण्डिँदा भगवानले बचाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाएको बताएका छन् ।

एक टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो । तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ ।’ तारमा झुन्डिँदा आनन्द आएको विकले बताए । ‘तारमा झुन्डिएर आएका हामी । अल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आनन्द आयो,’ उनी भन्छन् ।

त्यस्तै, उनले तारबाट खसियो भने मर्छु भन्ने नलागेको बताए । उनले भने, ‘घरमा गएर सुत्नुपर्यो भनेर गाको । त्यहाँ गएपछि भ्रमण देखेँ । खम्बामा छोएपछि मन ढुक्क भयो । अनि गएँ सरासर । तलबाट मान्छेहरुले झर भन्दा पनि म आफ्नै सुरमा हिँडे ।’ त्यस्तै, उनी तारमा हिँड्दा नेपाल विद्युत प्राधिकरणलाई एक करोड घाटा लागेको कुरामा उनी भन्छन्, ‘करोडको कुरा होइन । खर्बको कुरा आयो । खर्बले पनि मेरो ज्यान आउँदैन ।’