४ कार्तिक २०८३, बुधबार

भारतबाट फर्किएका युवकको कैलालीमा मृत्यु, ३ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २९ जेठ । भारतको मुम्बईबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ ।

चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मुम्बईबाट फर्किँदा भएको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले अनुसन्धानको माग गरेका छन् ।

शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि शाहसँगै घर फर्किरहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

शाहका आफन्तले भने भारतबाट फर्किँदा उनीहरुले गरगहना र नगद चोरी गरेको ल्याएको र भागवण्डामा कुरा नमिलेपछि हत्या गरेको दाबी गर्दै किटानी जाहेरी दिएका छन् । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको आरोप लगाएका छन् ।