
भक्तपुर, २९ जेठ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेमा एक पुरुषको शव फेला परेको छ ।
बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्ने ५१ वर्षीय कल्याण साहु मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार साहुको हत्या भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको छ ।
मृतक साहुको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।















प्रतिक्रिया