४ कार्तिक २०८३, बुधबार

भीम रावलको प्रश्न– देउवा सातौँपटक प्रधानमन्त्री भए नेपाल रहला ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । नेकपा (एमाले)का सांसद एवम् पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतवारको बैठकमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै रावलले नेपाललाई तुरुन्तै शान्ति क्षेत्र घोषणा गर्न पनि माग गरेका छन् ।

उनले विभिन्न उदाहारण प्रस्तुत गर्दै नेपालको संविधान विपरित नेपाललाई अमेरिकी सैन्य गठबन्धन सामेल गराइएको भन्दै आपत्ति गरेका छन् । रावल बोल्दा बोल्दै संसद बैठकमा भित्रिएका प्रधानमन्त्री देउवाले उनको कुरामा हाँस्दै टाउको हल्लाएर बेवास्ता गरेका थिए ।

उनले देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघात मात्र भएको बताए । रावलले देउवा सातौं पटक प्रधानन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको खरो टिप्पणी गरे ।

रावलले भने, ‘उहाँ २०५२ सालमा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो । राष्ट्रिय हितविपरीत महाकाली सन्धी भयो । अर्को पटक प्रधानमन्त्री बन्दा देश प्रतिगमनमा गयो । पाँचपटक प्रधानमन्त्री हुँदा त यस्तो भयो भने सातपटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्न आशंका गर्नुपर्ने भयो ।’