
काठमाडौँ, २९ जेठ । क्यानडा हरेक चुरोटको खिल्लीमा चेतावनी छाप्ने विश्वको पहिलो देश बन्ने तयारीमा छ। यो चेतावनीले चुरोट पिउनु स्वास्थ्यका लागि कत्तिको हानिकारक छ भन्ने कुरा बताउनेछ।
क्यानडामा नै सुर्तिजन्य उत्पादनको प्याकेजिङमा चेतावनी स्वरूप ग्राफिक तस्विर राख्ने नीति दुई दशकअघि लागू गरिएको थियो। दुई दशकअघि क्यानडाबाट सुरु भएको यो नीति विश्वभर नै अपनाइँदै आएको छ ।
क्यानडाका मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले शुक्रबार भने कि हामीले यी सन्देशहरूले प्रभाव गुमाएको भन्ने चिन्तालाई सम्बोधन गर्नुपर्नेछ। प्रत्येक सुर्तीजन्य उत्पादनमा स्वास्थ्य चेतावनी लेख्दा यो सन्देश सबैमा पुग्ने सुनिश्चित हुनेछ, जसमा युवाहरू लगायत एक पटकमा एउटा चुरोट पिउने तर प्याकेटमा चेतावनी नदेखेकाहरू पनि छन्।
यो परिवर्तन कार्यान्वयनका लागि शनिबारदेखि छलफल सुरु हुनेछ । सरकारले यो परिवर्तन २०२३ को दोस्रो अर्धवार्षिकदेखि लागू हुने अपेक्षा गरेको छ। चुरोटमा के सन्देश लेख्ने हो, अहिले विचार भइरहेको छ तर क्यानडा सरकारले दिएको प्रस्तावमा ‘हरेक सर्कोमा विष’ लेखिने भनिएको छ ।















प्रतिक्रिया