४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री कोइराला किन पुगे अकस्मात बिमानस्थल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala

काठमाडौँ, १८ वैशाख । महाभूकम्प पीडितको उद्दार र राहतका लागि नेपालमा आएको भारतीय सैनिक टोलीले मनपरी उडान गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अकस्मात निरीक्षण गर्नुभएको छ ।

भूकम्पपछि बिमानस्थलमा राज जमाइरहेको भारतीय सैनिकको टोलीले नेपालको सरकारी निकायसँग कुनै समन्वय नै नगरी हेलिकप्टर तथा जहाज उडाइरहेको गुनासो बढेपछि त्यो बुझ्न प्रधानमन्त्री कोइराला बिमानस्थल पुग्नुभएको हो । छिमेकी भारतले भूकम्पबाट पीडितको उद्धारको लागि इन्डियन एअरफोर्सका चारवटा, ६ वटा एमआइ १७ हेलिकोप्टर, ६ वटा थ्री एलएच ध्रुव विमानसहित विशेष कार्यदल नेपाल ल्याएको भनिएपनि कति जहाज र हेलिकोप्टर ल्याएको भन्ने एकीन तथ्यांक नहुँदा उद्दार प्रक्रिया नै प्रभावकारी हुन सकेको छैन। अझ भारतीय हेलिकप्टरले आफ्नो सीमा नजिकै उडान गरेको भन्दै चीनले आपत्ति जनाएपछि प्रधानमन्त्री थप गम्भीर बन्नुभएको हो ।

indian-helicopter-nepal

भूकम्प पीडितको उद्दारका लागि भन्दै भारतले विमानस्थलमै कब्जा जमाउँदै आएपनि उसको उद्दार प्रभावकारी देखिएको छैन । कार्गिल र काश्मिरका युद्धमा सिपाही बोकेर पुग्ने भारतीय हेलिकप्टरका पाइलट नेपालमा भने बादल देख्नासाथ त्यसै फर्कने गरेको गुनासो छ । नेपाली पक्षसँग समन्वय नै नगरी भारतीय हेलिकप्टरमा एक एकजना फोटोग्राफर, भिडियोग्राफर, पत्रकार र जासुसी संस्था ‘र’ का व्यक्ति राख्ने गरेको छ । घाइतेको उद्दार गर्ने भन्दा पनि हल्लाखल्ला गर्ने र नकारात्मक सन्देश लैजाने काम भएपछि भारतको आलोचना भइरहेको छ ।

Indian_army

प्रधानमन्त्री कोइरालाले विदेशी हेलिकोप्टर र जहाजको संख्या, उडानको अवस्था र समन्वय भए नभएकोबारे पर्यटनमन्त्री दीपक अमात्यसहित पर्यटन मन्त्रालयका अधिकारीसँग जानकारी लिँदै विदेशबाट आएका सबै जहाजको अभिलेख राख्‍न र अनुगमन गर्न निर्देशन दिनुभएको छ ।

indian-helicopter

यसका साथै, भूकम्प पीडितको उद्दार र राहतको नेतृत्व लिन प्रधानमन्त्री कोइरालाले प्रधानसेनापति गौरवशम्शेर जबरालाई निर्देशन समेत दिनुभयो । नेपाली सेनाको नेतृत्वमा भूकम्प प्रभावित स्थानमा तुरुन्त राहत सामग्री पु¥याउन राणालाई निर्देशन दिनुभएको थियो । मुलुकभित्रको र बाहिरबाट आएको राहत सामग्री विमानस्थलमा नराखेर तुरुन्त भूकम्प प्रभावित स्थानमा पु¥याउन उहाँले निर्देशन दिनुभयो ।
यो पनि पढ्नुहोस्:
उद्दारका लागि खटिएको हेलिकप्टरमा जासुस किन ?