
काठमाडौँ, २८ जेठ । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धार भएको छ ।
उनको शनिबार साँझ नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उद्धार गरेको हो ।
उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर करिब ८ अघण्टापछि भुइँमा झारिएको हो ।
शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका–७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका–१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए ।
उनी लाइनमा चढेपछि स्थानीय क्षेत्रमा विद्युत काटिएको थियो । उनलाई स्थानीय, प्रहरी र सशस्त्र प्रहरीले उद्धारको पहल गर्दा सफल भएको थिएन ।















प्रतिक्रिया