४ कार्तिक २०८३, बुधबार

भाइरल वडाअध्यक्ष रिजालसँग मेयर शाहको लञ्च मिटिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, जेठ २८ । काठमाडौँ महानगरको कार्यपालिकाको पहिलो बैठकमै नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)लाई असहयोग गरेको भन्दै भाइरल बनेको कामपा १६ का वडाध्यक्ष मुकुन्द रिजालसँग मेयर शाहले छलफल गरेका छन् ।

मेयर साह शनिबार बालाजुस्थित रिजालको घरमै पुगेर लञ्च मिटिङ गरेका थिए । उनीहरुबीच काठमाडौँ महानगरलाई राम्रो बनाउने विषयमा छलफल भएको बताइएको छ ।

मेयर साहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल अघि बढाउने क्रममा पहिलो रोजाई रिजाल परेका हुन् ।

साहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका छन् ।

साहले रिजालको कार्यशैलीबाट आफू निकै प्रभावित भएको कारण छलफलका लागि आएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।

कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका साहले झन्डै दुई घन्टा बिताएका थिए । लञ्चसहितको मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए । त्यस्तै, उनले आफूले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए ।