
काठमाडौँ, २८ जेठ । काठमाडौं महानगरपालिकाको फोहोर उठाउन थालिएको छ । काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएसँगै काठमाडौंमा एक महिनादेखि थुप्रिएको फोहोर शुक्रबारबाट उठाउन थालिएको हो।
महानगर र बञ्चरेडाँडाबासीबीच सहमति भएसँगै काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर लगायत अन्य वडाको पनि फोहोर उठाउन थालिएको छ ।
बञ्चरेडाँडाबासीसँग बिहिबार मध्यरातमा भएको सहमतिअनुसार रातिको समयमा मात्रै फोहोर ढुवानी गर्न शुरु गरिएको छ ।















प्रतिक्रिया