
काठमाडौँ, २८ जेठ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शनिबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र अमेरिकाबीचको खेल टेक्सासको मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ।
अघिल्लो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदान उत्रिँदैछ। घरेलु टोली अमेरिका भने आज दोस्रो जितको खोजीमा हुनेछ।
अमेरिकाले यो सिरिजको पहिलो खेलमा ओमानलाई ११४ रनले पराजित गरेको थियो।















प्रतिक्रिया