
काठमाडौं । चलचित्र ‘डलर एयुडी’ निर्माण हुने भएको छ ।
बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले उक्त चलचित्र निर्माण गर्न लागेको हो ।
सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्न लागेको चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ ।
देवकुमार श्रेष्ठको निर्देशन रहने चलचित्र सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । चर्चित फिल्म ‘आमा’मा सह–लगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा निर्माण हुने चलचित्रको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् ।
अष्ट्रेलियामा छायांकन हुने बताइएको फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । जसको पट्कथा चे शंकरले तयार पारेका छन् । अस्ट्रेलियन छायाकार रायको सिनेमाटोग्राफी, मनोरन्जन श्रेष्ठको सम्पादन अजय कुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत रहने चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिने बताइएको छ ।















प्रतिक्रिया