
काठमाडौं, २८ जेठ । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर स्थापनाको २०औं वर्ष पार गरी २१औं वर्षमा प्रवेश गरेको छ ।
हरेक वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यसपटक पनि प्रोत्साहनाजले एक भव्य कार्यक्रमको आयोजना गरी २०औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान, मायाको चिनो र आफ्ना प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन कोर्स पूरा गरेको प्रमाणपत्र वितरण गरेको छ । प्रोत्साहनाजले सौन्दर्यका पारखीहरूका लागि सेवा प्रदान गर्नाका साथै सौन्दर्य पेसालाई अङ्गाल्न खोज्नेहरुका लागि तालिमको समेत व्यवस्था गर्दै आएको छ ।
एकान्तकुना जाउलाखेल ललितपुरमा अवस्थित प्रोत्साहनाजकी सञ्चालक रेनु राना मगरको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालको उपस्थिति रहेको थियो ।
त्यस्तै अन्य अतिथिहरुमा बरिष्ठ सौन्दर्यबिदहरु सोनी कारंजित, रुश्का श्रेष्ठ, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, रमिता महर्जन, सबिता दुवाल, मञ्जु श्रेष्ठ, बरिष्ठ पत्रकार डब्बु क्षेत्री, लोकप्रिय गायिका मन्जु पौडेल, गायक तथा कलाकार यमन श्रेष्ठ, फेसन डिजाइनर काजल शर्मा, सञ्चारकर्मी पुरुषोत्तम बस्नेत र समाजसेवीहरु सुन्दर थापा, रमेश बखाती, दिपक न्यौपाने,उमेश कुमार पाण्डे, शिब कारंजित, अमर अधिकारि तथा अन्य कलाकारहरु लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

२०औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकहरु टुल्कि राना मगर, मिरा राना मगर, प्रेम शाक्य, सिता शाक्य र कमला राजभण्डारीलाई सम्मानित गरिएको थियो भने बरिष्ठ सौन्दर्यबिद रचना शाक्य, कुमारी सिग्देल लामिछाने, सौन्दर्यकर्मीहरु देबी महर्जन, शान्ति महर्जन, सुलोचना श्रेष्ठ, अप्सरा बुढा, ललिता लामा, राधिका थापा मगर(श्रेष्ठ), रिना महर्जन, रुबी महर्जन, सम्झना बोगटी, संगीता डंगोल, सुनिता दाहाल, सुस्मिता दंगाल कार्की, मन कुमारी पुन, गायिका ऋतु कंडेल, गीतकार पुरुश्वतम सानु, समाजसेवीहरु गीता पन्त आचार्य र रमिता महर्जन श्रेष्ठलाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् वरिष्ठ सौन्दर्यबिद रेनु राना मगरले सम्बन्धित सौन्दर्यकर्मी, समाजसेवी, गायिका र गीतकार लगायतले आ–आफ्नो क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले उनीहरूलाई सम्मान गरिएको बताइन् ।
२०औं वार्षिक उत्सवसम्म आइपुग्दा प्रोत्साहनाजले सात हजार जना भन्दा बढीलाई सौन्दर्यकला शीप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको दाबी गरेकी छिन् ।















प्रतिक्रिया