काठमाडौं, १८ बैशाख । शनिवार गएको विनासकारी भूकम्पपछि एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले रक्तदान र सरसफाई कार्यक्रमलाई तिब्रता दिएको छ ।
अनेरास्ववियुले विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारीको नेतृत्वमा बुधवार राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो भने विहीबार र शुक्रवार बजार सरसफाई गरेको हो । रक्तदान कार्यक्रममा साढे दुई सय जनाले रक्तदान गरेको
अनेरास्ववियुका महासचिव नविना लामाले जानकारी दिइन् ।
उनले कहि कतै रगतको आवश्यकता परेमा अनेरास्ववियुलाई जानकारी गराउन समेत आग्रह गरेकी छिन् । लामाले भनिन्, ‘रगत र पानी चाहिए हामीलाई भन्नुहोस, हामी उपलब्ध गराउन तयार छौँ ।’
अनेरास्ववियुले विहीवार र शुक्रबार दुई सयभन्दा बढीको सहभागितामा राजधानीको बिभिन्न स्थानमा सफसफाई गरेको छ । भृकुटीमण्डव, टुँडिखेल, रत्नपार्क, बानेश्वर, तीनकुने, बागबजार किर्तीपुर, पाटन, मंगलबजार लगायतको ठाउँमा सरफाई गरेको महासचिव लामाले जानकारी दिईन । भूकम्पपछि फोहोरको कारण महामारी फैलन सक्ने भएकाले यसबाट बँच्न र बँचाउनको लागि बजार सरसफाइमा लागेको उनले जानकारी दिइन् ।
















प्रतिक्रिया