४ कार्तिक २०८३, बुधबार

राप्ती नगरपालिकालाई एनआरएनएद्वारा स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ जेठ । गैरआवासीय नेपाली संघको तर्फबाट प्रवक्ता सोम सापकोटा लगायत प्रतिनिधि मंडलले आज चितवन जिल्लाको राप्ती नगरपालिकाका प्रमुख शम्शेर लामालाई ३ थान कन्सन्ट्रेटर र ६००० थान मास्क हस्तान्तरण गरेको छ ।

उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग गरेकोमा मेयर लामाले संघ प्रति आभार प्रकट गरे । साथै भविष्यमा विभिन्न सामाजिक कार्यकम संघ संग समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै उक्त सामाग्रीहरु विपन्न वर्गका समुदायको हितमा प्रयोग गरिने जानकारी समेत गराए ।

यसरी नै संघका प्रवक्ता सापकोटाले संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको र कोभिड १९ को नियन्त्रण लागि संघले विश्वमा रहेका गैरआवासीय नेपालीहरुको सहयोग नेपाल सरकार तथा विभिन्न सरोकारवालालाई स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको जानकारी पनि गराए ।

कार्यक्रममा एनसिसि कम्बोडियका अध्यक्ष लालसिंह खड्का, साउथ सुडानका प्रतिनिधि राम प्रसाद पाध्य र एनसिसि कतारका सदस्य ईश्वर पौडेलको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संयोजन श्री पौडेलले गरेका थिए ।