
तनहुँ, २७ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याममा भासिएको सडक एकतर्फी खुलेको छ ।
शुक्रबार सडक भासिएर अवरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकको भित्ता कोरेर सडक सञ्चालनमा ल्याइएको हो । यद्यपि ठूला सवारी साधनहरु प्रवेशमा रोक लगाइएको छ ।
सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार, ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुषको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।















प्रतिक्रिया