
काठमाडौँ, २७ जेठ । सुनको मूल्यमा शुक्रबार ३०० रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेको छ ।















प्रतिक्रिया