
काठमाडौं, २७ जेठ । नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक सुबिधाहरु अब नमस्ते–पे एपमा पनि उपलब्ध हुने भएको छ ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले ल्याएको मोबाइल वालेट नमस्ते–पेका प्रयोगकर्ताहरूले अब नमस्ते–पे वालेट ब्यालेन्समार्फत टेलिकमले उपलब्ध गराएको डाटा तथा भ्वाइस प्याकहरुअन्तरगत उपलब्ध सबै प्याकेजहरु खरिद गर्न सक्ने जानकारी दिएको छ ।
नमस्ते–पे प्रयोगकर्ताहरुले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा तथा भ्वाइस प्याकहरुमा आकर्षक अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
नमस्ते–पेअन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्नेगरी, बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा यूएसएसडी मार्फत भुक्तानी गर्न सकिन्छ । मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने सुविधा यसमा छ ।
प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको प्रमुख उद्देश्य कम्पनीको छ ।















प्रतिक्रिया