४ कार्तिक २०८३, बुधबार

सानिमा बैंकले ल्यायो ‘ग्रीनपिन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीनपिन ल्याएको छ ।

ग्रीनपिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टा भित्र नजिकैको सानिमा बैंकको ए.टि.एम मा गएर पिन परिवर्तन गर्नुपर्नेछ ।

ग्रीनपिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउनु हो ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा एटीएम संचालनमा रहेका छन् ।