४ कार्तिक २०८३, बुधबार

पहिरोले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । पहिरोका कारण अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका ४ नाग्दी खोलामा गएको पहिरो सफा गरेसँगै सडक खुलेको हो ।

बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो । बिहीबार बिहानबाट पहिरो हटाउन सुरु गरिएको र मध्याह्न १२ बजे हटाइएकाले अहिले दुईतर्फी नै सवारी चलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

पहिरो सफा भए पनि रातिदेखि नै बाटोमा सयौं गाडी रोकिएकाले यातायात सहज रूपमा चल्न भने केही समय लाग्ने देखिएकाले आफ्नो लेनअनुसार सवारी चलाउन प्रहरीले चालकहरूलाई आग्रह गरेको छ ।