४ कार्तिक २०८३, बुधबार

कतारबाट अण्डरवेयर भित्र आधा किलो सुन ल्याउने व्यक्ति विमानस्थलमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । कतारबाट आएका एक व्यक्ति आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

बिहीबार बिहान पौने १० बजे कतार एअरवेजको क्यूआर ६५२ उडानबाट काठमाडौँ आएका एक व्यक्ति ५१६.५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

धनुषा घर भएका उनले आफ्नो भित्री वस्त्र (अण्डरवेयर) भित्र सुन लुकाएको प्रहरीले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयमा यात्रु चेकजाँचको क्रममा उनले लगाएको भित्री वस्त्र (अण्डरवेयर) भित्र लुकाएर राखिएको अवस्थामा ४६६.५ ग्राम बिस्कुट आकारको सुन थान–४ थान र ५० ग्रामको सिक्री गरी ५१६.५ ग्रामसहित पक्राउ गरिएको हो ।