
चितवन, २६ जेठ । भरतपुर महानगरपालिका–१९ तमुटोलस्थित सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उक्त ट्याङ्कीभित्र खसेर कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २३ वर्षीय राम चौधरी र २४ वर्षीय छतिराम चौधरीको बुधबार साँझ मृत्यु भएको छ ।
सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरू उक्त ट्याङ्कीभित्र खसेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई मृत अवस्थामा फेला पारेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया