४ कार्तिक २०८३, बुधबार

ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

गुल्मी, २६ जेठ । गुल्मीमा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर-३ निवासी १४ वर्षका गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

मृतक रायमाझी बिहीबार बिहान स्कुल जाने क्रममा निर्माणकार्य चलिरहेको सडकमा डोजरले फालेको ढुंगाले लागेर घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।