शिशिर सिंखडा
चितवन १७ जेठ । चितवन क्षेत्र नम्वर ४ मा आगामी असार ८ गते हुने उप निर्वाचनको लागि नेकपा एमालले चुनावी कार्यक्रमलाई तीब्र पारेको छ ।
उम्मेदवारी दर्ता गरे लगतै चुनावी अभियान थालेको एमालले अहिले सो क्षेत्रमा प्रचार प्रसारको लागि सम्पर्क कार्यालय उद्घाटन संगै निर्वाचन जित्ने रणनीतिक कार्यक्रम गरिरहेको छ ।
चुनावी अभियान अन्र्तगत शिवनगरमा गाविस स्तरीय सम्पर्क कार्यालयको स्थापना गरिएको छ । सो कार्यालयको एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य विजय सुवेदीले उद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा वोल्दै एमाले उम्मेदवार पार्वती रावलले यस क्षेत्रका जनताको हरेक सुख दुखमा आफु साथ साथ रहेकोले यस पटकको निर्वाचनमा आफु विजयी हुने निश्चित रहेको बताउनुभयो ।
उहाँले निर्वाचन जिते संविधान निर्माण संगै चितवन ४ का जनताले अनुभूति गर्ने गरी विकासका पूर्वाधार निर्माणको काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यालय उद्घाटन लगतै शिवनगर–७ मा रहेको विश्वज्योति दलीत समुहमा समेत अन्र्तक्रिया गरिएको थियो । समुहकी अध्यक्ष शुष्मिता विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य यदुनाथ पोखरेल,शिवनगर गाउ कमिटी अध्यक्ष हरिकृष्ण गुरुङ,उम्मेदवार पार्वती रावल लगायतले मन्तव्य राख्नुभएको थियो ।
अन्र्तक्रिया पछि उम्मेदवार सहितको टोलीले शिवनगरका सबै वडामा घरदैलो गरेको थियो । घरदैलोको क्रममा उम्मेदवार रावलले जनताको समस्या बुझने र आफना कुरा राख्ने काम गर्नुभएको एमाले चितवनका प्रचार विभाग प्रमुख अरुण पिडित भण्डारीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया