४ कार्तिक २०८३, बुधबार

सीजी मोटर्सद्वारा निटा ब्रान्डको ‘निटा भी’ विद्युतीय कार सार्वजनिक, यस्ता छन् फिचर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ । चौधरी ग्रुप १५० वर्षभन्दा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको नेपालको प्रतिष्ठित व्यवसायिक घराना हो ।

भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजारमा सार्वजनिक गरेको छ । निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी हो जोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ ।

सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन आफूहरुले विद्युतीय सवारीको प्रवद्र्धन गरेको बताए ।

‘सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ’, प्रबन्ध निर्देशक चौधरीले भने, ‘सरकारको यही योजनालाई सघाउन हामीले निजि र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको विस्तारमा लागेका हौँ ।’

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी हो जोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको हो । अन्य अधिकांश सवारी उत्पादकले आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले योनिक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सले ‘सीजीरिभोलुसन’को नारासहित न्यू इनर्र्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्जदिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपालीउपभोक्तालाई उपलब्ध गराउन चाहेको थियो। नेपाली उपभोक्ताको चाहना र कम्पनीको उद्देश्य पूरा हुनेगरि होजोनले उत्पादन गरेको निटा ब्रान्ड सीजी मोटर्सले ल्याएको हो।

सीजी मोटर्सले विश्व वातावरण दिवसको अवसर पारेर वातावरणमैत्री विद्युतीय सवारी निटा भी सार्वजनिक गरेको हो ।

विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरु चीनमै छन् । तिनै शक्तिशालीमध्येको एक होजोन अटोमोबाइल हो । होजोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड विश्वविख्यात अटोमोबाइल कम्पनीमा काम गरिसकेका अनुभवी प्रविधिक तथा दक्ष व्यक्तिहरुको समूहले स्थापना गरेको कम्पनी हो ।

होजोन अटोले अमेरिकाको सिलिकन भ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर सन् २०१८ मा स्थापना गरेको थियो। होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरुमा टप ब्रान्डमा पर्दछ । होजोनको मुख्य विशेषता भनेको उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज हो ।

होजोनले निटा ब्रान्डका कार उत्पादन गर्दै आएको छ । सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा निटा भी कार ल्याएको हो । होजोनले २०२० मा निटा भी सार्वजनिक गरेको थियो र २०२१ मा निटा यू प्रो र निटा एस सार्वजनिक गरेको थियो ।

सीजी मोटर्सले सुरुमा नेपाल ल्याएको निटा भीले एक पटकको फुलचार्जमा ३८०+ (एनइडीसी) किलोमिटर रेन्ज दिनेछ ।

निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । निटा भीको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ । निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिईएको छ ।

फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ। यो कारमा गर्र्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ ।

होजोन अटोमोबाइलले २०२१ मा विभिन्न कम्पनीहरुसँग रणनीतिक साझेदारीका लागि सम्झौता गरेको छ । कम्पनीले सेन्स टाइम, होराइजन, रोबोटिक्स, हुवावे, सीएटीएल, थाइल्यान्ड पीटीटीसँग रणनीतिक साझेदारी गरेको हो ।

सीएटीएल विश्वको सबैभन्दा ठूलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनी हो । र, निटामा सीएटीएलले नै उत्पादन गरेको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ ।

नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ । सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीतम सोचसहितका सवारी ल्याइएको बताए ।

‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारी मात्र नभइ सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ,’सिईओ अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरि हामीले काम गर्दैछौं ।’ डिजेल/पेट्रोल सवारीले वातावरण प्रदूषण गर्ने भएकाले सीजी मोटरले विद्युतीय सवारी मात्र आयात गर्ने योजना बनाइएको उनको भनाइ छ ।

त्यस्तै, सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअप समेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने छ । सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वर्कसप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारीमा रहेको अग्रवालले बताए।

‘हामी उपभोक्तालाई विश्वस्तरीय सेवातथा सुविधाउपलब्ध गराउनतयार छौं’,उनले भने, ‘उत्कृष्ट शाोरुम तथावर्कसप र हाइवेहरु तथा देशका मूख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीब्रताका साथ अघि बढाइरहेका छौँ ।’

सीजी मोटर्स निटा एस र निटा यू नेपाली उपभोक्तालाई अर्को वर्षसम्म उपलब्ध गराउने योजनामा छ ।

होजोनको रिसर्च सेन्टर अमेरिकाको सिलिकनभ्याली र क्यालिफोर्नियामा तथा बेइजिङमा डिजाइन सेन्टर रहेको छ । होजोन विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलको लगानीकर्ता कम्पनी समेत हो ।

निटा भीको विशेषता

लेन्थ– ४ हजार ७० एमएम

वाइड– १६ सय ९० एमएम

हाइट– १५ सय ४० एमएम

ह्वीलवेस– २४ सय २० एमएम

कर्व तौल– १ हजार १ सय ५१ किलोग्राम

अधिकतम गति– १ सय १ किलोमिटर प्रतिघण्टा

शून्यदेखि ५० किलोमिटर प्रतिघण्टा ३.९ सेकेन्डमा

ग्राउन्ड क्लियरेन्स– १ सय ६० एमएम

ब्याट्री– ३८.५ केडब्लूएच सीएटीएल लिथियम

मोटरको पावर–७० केडब्लूर ९० पीएस

चार्जिङ स्ट्यान्डर्ड– सीसीएस २

अधिकतम टर्क– १ सय ६० एनएम

१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन

सिट क्षमता– ५

बुट स्पेस– ३ सय ३५ लिटर

यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेट मात्र लाग्ने छ । निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो ।