४ कार्तिक २०८३, बुधबार

अछाममा किशोर मृत्यु प्रकरणमा ५ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २५ जेठ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको मृत्यु प्रकरणमा शंकास्पद ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यससँगै स्थानीय शव उठाउन स्थानीय सहमत भएका छन् । कक्षा १० मा अध्ययनरत बिनोद शाही जेठ २१ मा मृत फेला परेका थिए ।

शवको पोष्टमार्टमका लागि लगिएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले शंकास्पद ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुरत शाही, देवेन्द्र शाही, रामबहादुर शाही, मिलन शाही र महेन्द्र शाही छन् ।

पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा बिनोद मृत फेला परेका थिए ।

मृतक एमाले परिवारका हुन् । निर्वाचन ताका कांग्रेस र एमालेका कार्यकर्ताहरुबीच विवाद भएको भन्दै परिवारले कांग्रेस कार्यकर्ताको संलग्नतामा बिनोदको घटना भएको आरोप लगाउँदै १८ जनाविरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।

यद्यपि, प्रहरीले जाहेरी दर्ता गरेको छैन् ।