
काठमाडौँ, २५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पहिलोपटक भेटवार्ता गरेका छन् ।
अर्थमन्त्री र गभर्नरबीचको संवादहीनताले अर्थतन्त्र झन् खस्किने चर्चा भइरहेका बेला उनीहरुबीच करिब एक घण्टा छलफल भएको छ ।
अर्थमन्त्री शर्माले सरकारलाई असहयोग गरेको आरोप लगाउँदै गभर्नर अधिकारीलाई निलम्बन गरेका थिए । तर सर्वोच्च अदालतले अधिकारीलाई पुनर्वहाली गरिदिएपछि उनीहरुबीच भेटवार्ता भएको थिएन ।
वुधबार गभर्नर अधिकारी नै अर्थमन्त्रालय गएर अर्थमन्त्रीसँग नयाँ मौद्रिक नीतिका लागि सुझाव माग गरेका हुन् ।
उनीहरुबीच मौद्रिक नीति तथा शेयर बजार सुधारका बारेमा छलफल भएको बताइएको छ ।
राष्ट्र बैंकका गभर्नरसहितको टोलीले अर्थमन्त्री शर्मासँग छलफल गरेको बताइएको छ।















प्रतिक्रिया