४ कार्तिक २०८३, बुधबार

गरिमा क्यापिटलको डिम्याट र मेरो शेयर खाता नविकरणमा विशेष योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो शेयर खाता खोलेका सम्पूर्ण ग्राहक महानुभावहरुले २०७९ असार मसान्तभित्र बक्यौता रकम भुक्तानी गरी खाता नविकरण गर्नुपर्ने जानकारी गराएको छ ।

यसै क्रममा, आफ्ना ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोशेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथदेहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

क) दश (१०)वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण योजना:

यस योजनाअन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ९९९ भुक्तान गरी दश (१०)वर्षको लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

ख) पाँच(५) वर्षे डिम्याट र मेरो शेयर खातानविकरण योजना:

यस योजनाअन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ४९९ भुक्तान गरीपाँच (५)वर्षको लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्नसक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामीपाँच (५)वर्षको लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

ग) आजीवन डिम्याट र मेरो शेयर खातानविकरण योजना:

यस योजनाअन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १,९९९ भुक्तान गरी आजीवन हितग्राही खाता र मेरो शेयर खातानविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरो शेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

घ) नियमित एक (१) वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण योजना:

यस योजनाअन्तर्गत हितग्राहीग्राहकहरुले मात्र रु १५० भुक्तान गरी एक (१)वर्षको लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सक्नुहुनेछ ।

साथै, हितग्राही र मेरोशेयर खाता नविकरणमा ग्राहकहरुको सहजताका लागि देहाय बमोजिका लिंकहरुको व्यवस्था गरिएको छस्

१. दश(१०) वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण गर्नको लागि:

https://tinyurl.com/24rbw3tb

२. पाँच(५) वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण गर्नको लागि:

https://tinyurl.com/24rbw3tb

३. आजीवन डिम्याट र मेरो शेयर खाता नविकरण गर्नको लागि:

https://tinyurl.com/24rbw3tb

४. नियमित एक (१) वर्षे डिम्याट र मेरो शेयर खाता नविकरण गर्नको लागि:

https://tinyurl.com/24rbw3tb