
काठमाडौँ, २५ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा मन्त्री हेरफेरबारे कुनै विवाद नरहेको बताएका छन् ।
उनले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू ‘फेरबदल’ गर्ने निर्णयमा सन्तुष्ट रहेको दावी गरेका हुन् ।
वुधबार पार्टी निकट विद्यार्थी जिल्ला विशेषको शपथग्रहणमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘हामीले मन्त्रीहरूको फेरबदल गरेका छौँ । ६ महिनाको अवधि हामीलाई दिइएको थियो भनेर मन्त्रीहरूले नै भनेका छन् । उनीहरूलाई धन्यवाद छ,’ अध्यक्ष नेपालले भने,‘पार्टीको निर्णय मान्छौँ भनेका छन् । कुर्सीमा टाँस्सिएर बस्दैनौँ, भनेका छन् ।’
उनले मिडियामा आएका कुराहरु सत्य नभएको दावी गरे । ‘मिडियाले जेजे सोध्यो हाम्रा महासचिवले त्यै–त्यै भन्दिएछन् । मानेन भने के गर्ने ? भनेर भन्दिएछन्, बिग्रिएछ,’ उनले भने, ‘केही कुराको उत्तर नदिए नि हुन्छ ।’
उनले आफ्ना मन्त्रीहरुको बचाउ गर्दै अन्य पार्टीतर्फ संकेत गर्दै भने, ‘निर्णय किन लागु भइरहेको छैन भन्ने होला । अर्को पार्टीमा पनि भुईँचालो गएकोले होला ।’
तर यदि मन्त्रीबाट नहटाउन प्रेम आलेसहितका नेताहरुले अध्यक्ष नेपाललाई दवाव दिएका थिए ।















प्रतिक्रिया