
काठमाडौँ, २५ जेठ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
वुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले पेश गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकता राखिएको छ ।
नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ ।
त्यस्तै, दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसम सम्बन्धित नियमित सूचना दिने व्यवस्था गर्ने, किसान परिचयपत्रलाई अनिवार्य गर्दै लाने, स्थानीय तह, कृषि सहकारी र नीजि क्षेत्रको सहकार्यमा एक पालिका एक उत्पादन कार्यक्रम लागू गर्ने लगायत उल्लेख छ ।
यस्तो छ पूर्णपाठः















प्रतिक्रिया