४ कार्तिक २०८३, बुधबार

कामना सेवा विकास बैंकद्वारा १३ औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवाविस्तार गर्ने क्रममा मिति २०७९ साल जेठ २५ गते वुधबारबाट झापा जिल्लाको कमल गा. पा. वडा नं ०७ गेउरियामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

कमलगा. पा. वडा नं ०७ गेउरिया बस्ने सन्तोष राईलाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०७ का वडा अध्यक्ष पृथ्विपती राईले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितिका अध्यक्ष नारायण प्रसाद निरौला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यवसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।