
काठमाडौँ, २५ जेठ । पछिल्लो समय निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६० अंकले बढेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटपछि निरन्तर घटेको नेप्से आज बढेको हो ।
साताको चौथो दिन वुधबार ६०.२२ अंकले बढ्दै नेप्से २०८०.४५ अंकमा पुगेको छ । त्यस्तै, आजको दिन अधिकांश कम्पनीले कमाएका छन् भने कारोबार रकम पनि बढेको छ ।
वुधबार विभिन्न कम्पनीनका ५० लाख भन्दा बढी कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६४ अर्बको कारोबार भएको छ ।















प्रतिक्रिया