
काठमाडौँ, २५ जेठ । काठमाडौँको रञ्जना गल्लीमा एक पुरुषको शव फेला परेको छ ।
काठमाडौँ महानगरपालिका–२४, रञ्जना सोडा गल्लीमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जन मृत भेटिएका हुन् ।
वुधबार विहान ६ बजे स्थानीयबासीले शव देखेर १०० मा खबर गरेपछि प्रहरी पुगेको थियो ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया