
काठमाडौँ, २५ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वलाई लक्षित गरेर आक्षेप नलगाउन सुझाव दिएका छन् ।
महासचिव पोखरेलले पार्टी नेतृत्वलाई आग्रहपूर्ण विचार प्रवाह नगर्न सुझाव दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा धारणा राख्दै पोखरेलले यस्तो आग्रह गरेका हुन् ।
उनले एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतका नेताहरूले स्थानीय चुनावको नतिजा अपेक्षाकृत नआएको भन्दै अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाउन थालेपछि पार्टी नेतृत्वलाई प्रहार नगर्न आग्रह गरेका हुन् ।
पोखरेलले मुख्य नेतृत्वप्रति आग्रहपूर्ण विचार राख्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारीपूर्वक लाग्नु उपयुक्त हुने कुरा सामाजिक सञ्जालमा लेखेका छन् ।
महासचिव पोखरेलले लेखेका छन्, ‘नेकपा एमालेको मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारितापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन । मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा (एमाले) भित्रबाटै सम्भव छ ।’















प्रतिक्रिया