
काठमाडौँ, २५ जेठ । धादिङको बन्चरेडाँडाका स्थानीयले आज पनि फोहोर विसर्जनमा अवरोध गरेका छन् ।
काठमाडौंबाट फोहोर लिएर विसर्जनस्थलतर्फ गएका ट्रकलाई अवरोध गरिएको स्थानीय श्रीराम ढुंगानाले जानकारी दिए । उनले मंगलबारदेखिकै आन्दोलन नरोकिएको बताए ।
अवरोधपछि फोहोर बोकेका गाडी नुवाकोटको सिसडोल क्षेत्रमा रोकिएका छन् ।
मंगलबार पनि स्थानीयले अवरोध गरेका थिए । त्यसपछि प्रहरीको सुरक्षा घेरामा करिब १५० गाडीले बन्चरेडाँडामा फोहोर खसालेका थिए ।















प्रतिक्रिया