२ कार्तिक २०८३, सोमबार

सुन्दर परियारको पञ्चेबाजा गीत ‘साइँली’ सार्वजनिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक सुन्दर परियार र गायिका कमला पोखरेलको आवाजमा रहेको ‘साइँली’ गीतको भिडियो सार्वजनिक भएको छ ।

विवाहको सिजन लागेसँगै लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु समेटिएको मौलिकपनको पञ्चेबाजा गीत ‘साइँली’ गीतको भिडियो बजारमा आएको छ ।

सुन्दर परियारको शब्द तथा संगीतमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । शिवराज भुर्तेलको छायाँकन तथा सम्पादन र पर्वतराज छिनालको निर्देशनमा भिडियो निमार्ण गरिएको छ ।

पञ्चेबाजा गीतको भिडियोमा सुरज प्रभात छिनाल, जुनु एस डि, मञ्जरी बस्याल, रेजिना र सम्झनाको अभिनय रहेको छ ।