
काठमाडौँ, २४ जेठ । नेकपा (एमाले)का सांसद भीम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले यस्तो बताएका हुन् ।
‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ । के नेपाल सरकारले जति बेला ठेक्का लगायो त्यो ठेक्का लगाउँदा त्यो ठेकेदार विश्वबैंकले कालोसूचीमा राखेको कम्पनी छ । त्यो बेला र अहिलेको त्यो रकम हेरौं झन्डै त्यसमा तीन, चार अर्ब रुपैयाँको त घोटाला हुने जस्तो देखिन्छ’ उनले भने ।
त्यस्तै, उनले सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने संविधानमा व्यवस्था भएको र सरकार त्यसको विपरित लागेकोमा असन्तुष्टि पनि व्यक्त गरेका छन् ।
‘हाम्रो संविधानको धारा ७ बमोजिम देवनागरी लिपीमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भन्या त्यो त सरकारले निर्णय गर्दा नेपाली भाषाको प्रयोग गर्नुपर्ने होइन र ?’ उनले प्रश्न गरे ।
नेता रावलले विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि बताए ।















प्रतिक्रिया