
काठमाडौँ, २४ जेठ । नेकपा (एमाले)ले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
त्यसका लागि असार २ गते काठमाडौँ आइसक्न जनप्रतिनिधिहरुलाई महासचिव शंकर पोखरेलले सर्कुलर जारी गरेका छन् ।
एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् ।
अभिमुखीकरण कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।















प्रतिक्रिया