४ कार्तिक २०८३, बुधबार

स्रोत नखुलेको ४ करोड रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २४ जेठ । काठमाडौँको नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ५ जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् ।

उनीहरुलाई मंगलबार विहन प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट फक्राउ गरेको हो ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।