४ कार्तिक २०८३, बुधबार

नवलपरासी अदालतमा गोली चलाएको आरोपमा एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २४ जेठ । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् ।

प्रहरीले यादवलाई मंगलबार दिउँसो २ बजे आफन्तको घरबाट पक्राउ गरेको हो ।

उनको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरिएको छ ।

यादवले सोमबार दिउँसो साढे १ बजे अदालत परिसरमा काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेका थिए ।