४ कार्तिक २०८३, बुधबार

यातायात मन्त्रीलाई गगन थापाले भनेः इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले असारभित्र इम्बोस्ड नम्बर प्लेट राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

मंगलबार संसद बैठकमा शहरी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा सहभागी हुँदै थापाले यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिँदै इम्बोस्ड नम्बर प्लेट असारभित्र राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।

‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेको छ भन्ने अनुभूति हुन्छ’, थापाले थपे, ‘यति धेरै नागरिकलाई दुख दिन मिल्दैन, पाइँदैन । यातायात कार्यालयले सक्दैन, असारभित्र असम्भव छ ।’

त्यस्तै, उनले ठेक्का सम्झौता लगायतका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।