
काठमाडौँ, २४ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेसँगै निरन्तर घटेको शेयर बजारमा मंगलबार पनि ४५ अंकको पहिरो गएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४५.५९ अंकले घट्दै २०२०.२३ बिन्दुमा झरेको छ ।
आजको दिन अधिकांश कम्पनीहरुले गुमाएका छन् । विभिन्न कम्पनीका ३८ लाख ८७ हजार कित्ता शेयर कारोबार हुँदा एक अर्ब ३१ करोडको कारोबार भएको छ ।
विगत केही हप्तादेखि नेप्से निरन्तर ओरालो लागिरहेको छ ।















प्रतिक्रिया