१४ कार्तिक २०८३, शनिबार

भारतमा अध्ययनरत विद्यार्थीद्वारा राहत सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hqdefaultसप्तरी, १८ वैशाख । गत शनिबार नेपालमा गएको महाविनाशकारी भूकम्पबाट पीडित भएकाका लागि सहयोगार्थ भारतको कर्नाटक दवान ग्रिनमा अध्ययनरत नेपाली विद्यार्थीले राहत सङ्कलन थालिएको छ ।

नेपालका विभिन्न जिल्लाबाट भारतको कर्नाटक दवान ग्रिनमा रहेको बापुजी ग्रुप इस्टिच्युटमा अध्ययनरत विद्यार्थीले राहत सङ्कलन गरेको सप्तरीबाट त्यहाँ अध्ययनका लागि गएका राजविराज–४ निवासी रबी रजकले जानकारी दिनुभयो ।

रजकका अनुसार सो ठाउँमा अध्ययनरत विद्यार्थीले विभिन्न सहरबाट एक दिनमा करिब रु ३५ हजार भारु राहत सङ्कलन गरिएको छ ।