
काठमाडौँ, २४ जेठ । बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुगेका टिपरहरुलाई स्थानीयले अवरोध गरेपछि झडप समेत भएको थियो ।
प्रहरीले फोहोर बोकेका गाडी रोक्न खोजेपछि सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले फोहोर व्यवस्थापनमा अवरोध गर्ने नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानासहितलाई पक्राउ गरेको हो ।
सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो ।
स्थानीयले सहमतिबारे थाहा नभएको भन्दै अवरोध गरेका थिए ।















प्रतिक्रिया