
काठमाडौँ, २४ जेठ । नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग अघि बढाउन माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले यस्तो माग गरेको हो ।
एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलका ९८ जना सांसदले १ फागुन २०७८ मा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको थियो ।
समितिमा एमालेका विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित, कांग्रेसका मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रकी यशोदा सुवेदी गुरुङ र रेखा शर्मा, एकीकृत समाजवादीकी कल्याणी खड्का, जसपाका प्रमोद साह र लोसपाका एकवाल मिया सदस्य छन् ।















प्रतिक्रिया